जिल्ला अदालतका श्रेतेदारलाई रु. ३० हजारको भ्रष्टचार मुद्दा

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीमा कार्यतर स्रेस्तेदार लोकनाथ पराजुलीलाई रु ३० हजार घुस लिएको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको सवारी साधन छुटाइदिने भन्दै निजले सेवाग्राहीसँग उक्त रकम घुस लिएको आरोप लागेको छ । आयोगले जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement