भोलिदेखि शेयर कारोबार खुल्दै, ‘ब्रोकर र लगानीकर्ताले यी कुरामा ध्यान दिनू' (नेप्सेको सूचनासहित)

Advertisement

काठमाडौँ । लामो समयपछि भोलिबाट शेयर बजार खुल्दैछ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण र रोकथामका लागि सरकारले चैत ११ गते लकडाउन आदेश जारी गरेसँगै धितोपत्र कारोबार बन्द भएको थियो । तर, गत बुधबार सम्पन्न मन्त्री परिषद्को बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेपनि धितोपत्र कारोबार सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

लकडाउन केही खुकुलो गर्ने र धितोपत्र कारोबार सञ्चालन गर्न दिने मन्त्री परिषद्को निर्णय पछि गत शुक्रबार नेपाल धितोपत्र बोर्डमा बसेको सर्वपक्षीय बैठकले बैशाख ३० गतेबाट दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धितोपत्र कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार भोलिबाट शेयर बजार खुल्ला गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले आवश्यक तयारी गरिरहेको छ ।

यसैक्रममा हिजो आइतबार नेप्सेले सम्पूर्ण ब्रोकर, लगानीकर्ताहरुलाई आवश्यक कार्य गर्न गराउने सूचना प्रकाशित गरी जानकारी गराएको छ । नेप्सेका कामु सहायक प्रबन्धक मुराहरि पराजुलीले हिजो सूचना प्रकाशित गर्दै लगानीकर्ताले कारोबारको प्रविष्टि गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइएको र सम्बन्धित ब्रोकरसँग सम्पर्क गरी आफ्नो बीओआईडी अद्यावधिक गर्न अनुरोध गरेका छन् ।

यसैगरी हिजै नेप्सेका उपप्रबन्धक प्रबिन पन्दाकले धितोपत्र कारोबार सुचारु गर्ने सम्बन्धमा ब्रोकर र लगानीकर्ताहरुलाई विभिन्न ९ बुँदा उल्लेख गरी अत्यन्त जरुरी सूचना प्रकाशित गरेका छन् ।





Advertisement

Advertisement

Advertisement