म थुनिनु र माटो चोरिनु के संयोग मात्र हो ? बासुदेव अधिकारीको मार्मिक कविता

Advertisement

प्रिय बन्दाबन्दी,
म थुनिनु
र माटो चोरिनु
के यो संयोग मात्र हो ?

रात पर्नु
र जंगे पिलर हराउनु
के यो संयोग मात्र हो ?

बाख्रा हराउँदै जानु
र चितुवा मोटाउँदै जानु
के यो संयोग मात्र हो रु

चकित छु म
जमिन्दारलाई गरीवको सुर्को
किन मन पर्छ रु
कयौं मुखियालाई
मालिककै थुक किन मन पर्छ ?

यताः
कोरोना त्रासमा
जीवनको माया
उताः
मौका ढुकेर बस्ने
माटो चोरको छायाँ
यताः
रोटी खोसाखोसको दृश्य
उताः
माटो चोराचोरको परिदृश्य
कति कालो समय !
कति बिखालु परिवेश !

प्रियजन,
बन्दाबन्दीको डोकाबाट
निस्कुँ अब
चोर त्यति पर पुगेको छैन ।

Advertisement

Advertisement

Advertisement