सप्तरी जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टी

Advertisement

काठमाडौँ । सप्तरी जिल्लाका १ जनामा आज कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज विहान मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण देखिएको थियो । सप्तरीमा देखिएको केशसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement