सीमा अतिक्रमणको विरोध चर्किएपछि परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई बोलाएर कुरा गरे

Advertisement

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक खनेकोप्रति विरोध चर्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर कुरा गरेका छन् । सोमबार अपरान्ह ज्ञवालीले राजदूत क्वात्रालाई मन्त्रालयमै बोलाएर नेपाली भूमि अतिक्रमणबारे जानकारी लिएका हुन् ।

सरकारले राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिएको जनाइएको छ । नेपालले कालापानी क्षेत्रमा भएको अतिक्रमण र सडक खन्ने खन्ने निर्णयको वक्तव्यमार्फत विरोध जनाउनुका साथै पत्र पठाएर चाँडै समस्या समाधानका लागि आग्रह गर्दा पनि भारतीय पक्षले खासै चासो दिएको छैन् ।

भारतीय अतिक्रमणको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्क्षयद्धय केपी ओली र पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवालगायतले तत्काल निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेका छन् । देउवाले वक्तव्य मात्रै ननिकाल्न आग्रह गर्दै ठोस पहलका लागि आग्रह गरेका छन् ।

Advertisement

Advertisement

Advertisement