एकैदिन २४ जनामा कोरोना पुष्टी, कूल संक्रमित संख्या १३४ पुग्यो

,   २९ बैशाख २०७७, सोमबार, ०७:४३ pm   
corona_covid_19_posative_Nepal

काठमाडौँ । आज एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजै कपिलवस्तुमा १० र सप्तरीमा १ जनालाई कोरोना संक्रमण पुष्टी भएकोमा साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्य मन्त्रालयले जनाएको  छ । १३ जना थप कोरोना पुष्टी भएकामा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जना रहेका छन् । थप १३ जनावटा केशसँसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १३४ पुगेको छ ।

आज कोरोना संक्रमण भएका कूल २४ जना मध्ये कपिलवस्तुका १६ जना, रुपन्देहीका ६ जना र सप्तरी तथा बर्दियाका १–१ जना रहेको स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

aecc