कोरोना महामारीमा परेको अर्थतन्त्र उकास्न चिनियाँ मोडल अपनाउने सरकारी तयारी

,   ३० बैशाख २०७७, मंगलवार, ०८:१६ am   
yubraj-khatiwada-parliament

काठमाडौं । सरकारले कोरोना महामारीको आर्थिक र सामाजिक असर न्यूनीकरण गर्न चिनियाँ मोडल अनुशरण गर्ने भएको छ। बेइजिङस्थित नेपाली राजदूतावासले कोरोना प्रभाव न्यूनीकरणमा चीनले अपनाएको पुनरुत्थानका कार्यक्रम अध्ययन गरी प्रतिवेदन तयार पारेको छ। सोही प्रतिवेदन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाएको हो।

विभिन्न मन्त्रालयले सोही प्रतिवेदनलाई आधार बनाएर पुनरुत्थानका कार्यक्रम प्रस्ताव गर्ने बताइएको छ।

चीन सरकारको आर्थिक नीति भाइरस प्रतिरोधात्मक र उपचारात्मक कार्यमा टेवा पुग्ने गरी उत्पादनजन्य, सेवा र बिक्रीमा संलग्न मेडिकल, सार्वजनिक यातायात र दिनहुँ साध्य उपभोग्य सामग्री एवं महामारीबाट सर्वाधिक प्रभावित क्षेत्रप्रति लक्षित गरिएको प्रतिवेदनमा उल्लेख छ। तत्कालीन उच्चतम जोखिमयुक्त परिस्थिति र हाल भाइरस संक्रमणपछिको अवधिमा समाज र अर्थतन्त्रका विविध पक्ष जस्तै व्यापार, लगानी, पर्यटन, स्वास्थ्य, शिक्षा आदिको पुनरुत्थानका लागि केन्द्रीय, प्रान्तीय र स्थानीय सरकार तीनै तहमा विभिन्न चरणमा अवलम्बन गरेका थिए। सोही नीतिलाई नेपालको आवश्यकताअनुकूल अनुशरण गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

aecc

अन्नपूर्ण पोष्ट दैनिकबाट ।