नेपाली भूमिको रक्षार्थ एनआरएनले जनायो ऐक्यबद्धता, भारतको पछिल्लो कदमप्रति रोष प्रकट

Advertisement

काठमाडौँ । गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनाको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ ।

एनआरएनका अध्यक्ष कुमार पन्तले सोमबार विज्ञप्ति जारी गरी हरेक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीले ऐक्यबद्धता जनाउने स्पष्ट पारेका छन् । “नेपाली हामी सदैव सावैभौमिकताको सम्मान गर्दछौँ र हाम्रा छिमेकी मुलुकले समेत सोही सम्मानको भाव प्रकट गरोस् भन्ने अपेक्षा राख्दछौँ, यसर्थ सीमासम्बन्धी यस विषयलाई राजनीतिक र कूटनीतिक संवादको माध्यमबाट तत्काल टुंगोमा पु¥याउन ठोस कदम चाल्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ ।

देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा नेपाल सरकार र नेपाली दाजुभाइ एवं दिदीबहिनीले चाल्ने हरेक सकारात्मक कदममा गैरआवासीय नेपालीले ऐक्यबद्धता व्यक्त गर्ने दृढता उनले जनाए ।

Advertisement

Advertisement

Advertisement