नेप्सेमा ३ वित्तीय संस्थाको शेयर मूल्य समायोजन, कुन संस्थाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा आज बोनस शेयर पश्चात ३ वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर पछि शेयर मूल्य रु. ३२२/– कायम गरिएको छ ।

त्यसैगरी सप्तकोशी विकास बैंकको ६ प्रतिशत बोनस शेयर पछि प्रतिशेयर मूल्य रु. १०८/– र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयर पछि प्रति शेयर मूल्य रु. १५२३/– कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement