नेपालीहरुलाई दश गजामा ल्याउँदै छाड्दै भारत

Advertisement

कञ्‍चनपुर । भारतले दुई देशीय सीमा दश गजामा नेपालीहरुलाई ल्याउँदै छाड्दै गर्न थालेको छ । आफ्नो क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई बिना खबर मध्य रातमा सीमामा ल्याएर छाडेपछि उनीहरुलाई व्यवस्थापन गर्न सशस्त्र प्रहरीलाई चटारो परेको छ ।

भारतको उत्तराखण्डको सीमा नजिकै भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु ७५ जनालाई आइतबार सीमामा ल्याएर छाडिएकोमा सोमबार थप १६७ जनालाई ल्याएर छाडिएको हो । उनीहरुलाई आरडीटी परीक्षण गर्दै कसैलाई महेन्द्रनगरको बैजनाथ उच्च माविको क्वारेन्टाइनमा राखिएको छ भने कसैलाई सम्वन्धित् स्थानीय तहमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

झण्डै डेढ महिना लामो क्वारेन्टाइन बसाईपछि भारतीय पक्षले ल्याएर छाडेका कतिपयलाई फिर्ता पठाइए पनि अहिले भने नेपालभित्र ल्याएर क्वारेन्टाइनमा राखिएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केन्द्रबाट आदेश नआएको भन्दै भारतीय क्षेत्रमा रहेका नेपालीलाई भित्र्याउन मानेको थिएन् । सीमावर्ती क्षेत्रमा भारततर्फ रहेका अधिकांश नेपालीहरु नेपाल प्रवेश गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement