नेप्सेमा नेगेटिभ सर्किट ब्रेक, २५.३० अंकले घट्दा जम्मा १० करोडको कारोबार

Advertisement

काठमाडौं । डेढ महिनाभन्दा लामो समयपछि मंगलबार खुलेको सेयर बजारमा सुधार आउन सकेन् । बजार निरन्तर घटेपछि निर्धारित समयअघि नै कारोबार बन्द गरिएको छ । सेयर बजार परिसुचक नेप्सेमा २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द गरिएको हो ।

डेढ घण्टा पनि नभएको कारोबारमा नेप्से २५ अंकले घटेर एक हजार २२६ कायम भएको छ भने १० करोड  रुपियाँको कारोबार भएको छ । त्यसमा बाणिज्य बैंक समूहको सुचक मात्रै दुई दशमलव ३९ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य र जीवन बीमा समूहका सुचक पनि दुई प्रतिशतभन्दा बढिले घटेको छ ।

बजार खुलाउन हुने र नहुने विवादका बीच खुलाइएको सेयर बजारमा लकडाउनको प्रभाव कायमै रहेसँगै लगानीकर्ता निराश देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जले बैशाख ३० गतेदेखि दैनिक २ घण्टा शेयर बजार खोल्ने निर्णय गरेको थियो। लामो समयसम्म कारोबार नहुँदा सेयरकै भरमा पेट पाल्दै आएकाहरुलाई समस्या भएको भनेपछि नेप्सेले बजार खुलाउनु सुरु गरेको हो ।

Advertisement

Advertisement

Advertisement