कतार एयरवेजद्वारा स्वास्थ्यकर्मीलाई १ लाख टिकट निःशुल्क प्रदान गरिने

Advertisement

काठमाडौँ । कतार एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पु¥याएको अतुलनीय योगदान गरेको भन्दै १ लाख वटा निःशुल्क हवाई टिकट वितरण गर्ने घोषणा गरेको छ ।

एयरलाइन्सले दोहाको समय अनुसार मे १२ ००ः०१ बजेदेखि मे १८ २३ः५९ बजेसम्म टिकटहरु वितरण गर्ने जनाएको छ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइट मार्फत qatarairways.com/ThankYouHeroes मा फारम भरी दर्ता गर्न सक्नेछन् ।

दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ, जस मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिने कम्पनीले छ ।

Advertisement

Advertisement

Advertisement