आज थप दुईमा कोरोना सङ्क्रमण भेटियो, सङ्क्रमित २१९ पुगे

Advertisement

काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण आज दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण भएको पाइएको बताए ।

यसैगरी उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । मङ्गलबारमात्र नेपालमा एकैपटक ८३ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

Advertisement

Advertisement

Advertisement