बजेटमा धान, मकै, बीउ र मललाई प्राथमिकताः योजना आयोग

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको कृषि बजेट कार्यक्रममा धान, मकै, बीउ उत्पादन, मल र मासुलाई विशेष प्राथमिकतामा राखेको छ । खाद्यान्नमा आमनिर्भर हुने उद्देश्यले धान, मकै, मल, बीउ उत्पादन र मासुलाई विशेष प्राथमिकतामा राखेको राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले बताए । आयोगका सदस्य गुरुङले मसिना चालमको आयात धेरै हुने हुँदा त्यसलाई प्रतिस्थापन गर्न विशेष गरेर धानलाई प्राथमिकतामा राखेको बताए । आयात प्रतिस्थापन गर्न बर्खे धान बालीसँग चैते धानबाली बढी जोड दिएको उनको भनाइ छ ।

सदस्य गुरुङका अनुसार आगामी आर्थिक वर्षको बजेटमा विशेष गरेर आठवटा कृषि कार्यक्रमलाई विशेष प्राथमिकता राखेका छन् । स्थानीय बीउलाई अनुसन्धान गरेर गुणस्तरीय बीउको उत्पादन बढाउने, धान र मकैमा आत्मनिर्भर हुन, किसानलाई पर्याप्त मलको व्यवस्था गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन हुने कृषि कार्यक्रम ७७ जिल्लामा सञ्चालन गरिने, तरकारी तथा फलपूmलमा आमनिर्भर र मासुमा आत्मनिर्भर हुनेगरी विशेष प्राथमिकताका साथ कार्यक्रम तयार गरेका छन् । त्यसैगरी, नयाँ प्रविधिलाई प्रभावकारी बनाउँदै कृषि यान्त्रीकरण लैजाने योजनाका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको उनले बताए । सदस्य डा। गुरुङले कोरोना भाइरसले आर्थिक क्षेत्रमा ठूलो असर परेका कृषि क्षेत्रलाई दिएको ३३ अर्ब १८ करोड बजेट सिलिङमा १५ प्रतिशतमा तलमाथि हुने सक्ने गुरुङले बताए ।

खाद्यान्नमा आत्मनिर्भर हुन कृषि कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम ल्याएर मात्र खाद्यान्नमा आत्मनिर्भर नहुने कृषि विज्ञको भनाइ छ । खाद्यान्नमा आत्मनिर्भर हुन कृषि विज्ञको सल्लाहअनुसार हरित कृषि क्रान्ति ल्याउनुपर्ने कृषि विज्ञ भोला मानसिंह बस्नेतले बताए । नेपालमा कृषि उत्पादनमा ठूलो सम्भावना हुँदाहुँदै पनि कृषि विज्ञबिना कृषि खेती गर्ने हुँदा जति उत्पादन हुनुपर्ने हो त्यति उत्पादन गर्न नसकेको विज्ञ बस्नेतको भनाइ छ ।

खाद्यान्नमा आत्मनिर्भर हुन एकीकृत कृषि व्यवसायसँगै कृषि विज्ञको सल्लाहअनुसार कृषि खेती गर्नु अति आवश्यक रहेको उनले बताए । कृषि विज्ञको सल्लाहबिना खेती गर्ने हुँदा किसानको लगानीसमेत खेर जाने गरेको उनको भनाइ छ । कृषि विज्ञ बस्नेतले भौगोलिक क्षेत्रको अध्ययन अनुसन्धान गरेर कृषि उत्पादन कार्यक्रम ल्याउन आवश्यक भएको उनले बताए । हिमाल, पहाड र तराई क्षेत्रमा सबैभन्दा सम्भावना कुन बाली उपयुक्त छ सो बाली छनोट गरेर खेती गर्नुपर्ने खेती गर्न आवश्यक रहेको उनले बताए ।
राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement