सेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

Advertisement

काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डल नेप्सेलाई निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र लेखेर सेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कर्पाेरेट नेपाललाई जानकारी दिए ।
लकडाउन खुकुलो बन्दै गएपछि सेयर बजार खोल्ने निर्णय गरिएको तर उपत्यकामै कोरोना संक्रमित थपिएपछि लकडाउन कडा पारिएकाले बजार बन्द गर्ने निर्णयमा पुगेको अध्यक्ष ढुंगानाले बताए ।

चैत ९ गतेदेखि बन्द भएको सेयर कारोबार बैशाख ३० गतेदेखि आंशिक रुपमा खुला गरिएको थियो । सर्किट ब्रेकको व्यवस्थालाई २ प्रतिशतमा झारेर कारोबार गर्दा पनि दुबै दिन बजारमा नेगेटिभ सर्किट लागेको थियो ।

Advertisement

Advertisement

Advertisement