आइएमएस ग्रुपले सबै कर्मचारीको गरायो कोरोना बीमा

Advertisement

काठमाडौँ । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गरिदिएको छ । कम्पनीले प्रति कर्मचारीको एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएको हो ।

यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा कर्मचारीलाई आर्थिक सहयोग पुर्याउने छ ।

'आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पु¥याउन कोरोनाभाइरस बिरुद्द कोरोना बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं’– ग्रुपका प्रेसिडेण्ट् एण्ड सिइओ दिकेश मल्होत्राले बताए ।

Advertisement

Advertisement

Advertisement