सेयर कारोबार बन्द भएसँगै बोर्डले रद्द गर्यो सवारी पास, आजदेखि जारी गरिएको मात्रै मान्य हुने

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई बैशाख ३१ गतेसम्म जारी गरिएको सबै सवारी पासहरु रद्द गरेको छ ।

नेपाल सरकारले लकडाउनलाई थप कडाईका साथ अवलम्वन गर्न गरेको व्यवस्थाका सन्दर्भमा बोर्डको आज बसेको बैठकको निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोबार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको हुँदा हिजोसम्म जारी सबै सवारी पास रद्द गरिएको प्रवक्ता निरज गिरीले जनाएका छन् ।

नेपाल सरकारको बैशाख २४ को निर्णयानुसार बोर्डबाट जेठ १ देखि जारी गरिएको सवारी पास मात्र मान्य हुने व्यवस्था गरिएको प्रवक्ता गिरीले विज्ञप्ति मार्फत जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement