दुई दिनको कारोबार रद्द गर्न सेबोन समक्ष सेयर लगानीकर्ताहरुको माग

Advertisement

काठमाडौँ । सेयर लगानीकर्ताहरुले विगत २ दिनमा लगानीकर्ताहरूको न्यून सहभागिता र न्यून संख्यामा भएको कारोबारलाई रद्द गरी वहुसंख्यक लगानीकर्ताहरूको व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) लाई अनुरोध गरेका छन् ।

लकडाउनकै बीच मंगलबार र बुधबार सेयर कारोबार खुल्ला भई आजबाट पुनः बन्द गरिएपछि सेयर लगानीकर्ताहरु छोटेलाल रौनियार, उत्तम अर्याल, हरि ढकाल र संरक्षण चौधरीले आज विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् । आगामी दिनमा कारोबार संचालन गर्दा कोरोना भाईरसको प्रभाव अन्त्य नभए सम्मको लागि उपयुक्त विकल्पको खोजी गरी र पूर्ण स्वचालित प्रविधिलाई प्राथमिकतामा राखी कारोवार गराउनु हुन समेत अनुरोध गरिएको छ ।

‘संसार नै कोरोनाको महामारीबाट गुज्रिरहेको सन्दर्भमा हामी नेपाली पनि त्यसबाट अछुतो रहन सक्ने कुरा भएन । यथार्थतामा हामी नेपालीले कोरोनाको त्रास भोगिरहेका छौं । नेपाल सरकारले सीमित बैंकिङ कारोबारसंगै पुँजिबजार पनि संचालनमा ल्याएको सन्दर्भमा, हामी सरोकारवाला पक्ष लगानीकर्ताको सहभागिता र लगानीको सुरक्षाको साथै विभिन्न निकायहरूको सेयर बजारमा समन्वयको समस्या हुने कुरा अगाडि नै धितोपत्र वोर्ड र नेप्सेमा जानाकारी गराईएको कुरा सम्पूर्ण लगानिकर्ता साथिहरूमा सविनय अनुरोध गर्न चाहान्छौं’– विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ–‘ हाम्रा जायज र समय सान्दर्भिक आवाजलाई वेवास्ता गरी विगत मंगलवारबाट शेयर बजार खुलाईएको व्यहोरा यहाँहरूलाई अवगत नै छ । हामीहरूले उठाएका समय सापेक्षित मागहरू राज्यद्वारा अवलम्बन गरिएको सिध्दान्तलाई हृदयंगम गर्दै लकडाउनमा सर्वसाधारण लगानिकर्ताहरू कारोवारमा सहभागि हुन सक्ने अवस्था थिएन र सेयरको संख्यात्मक कारोवार पनि हुन सक्ने अवस्था पनि थिएन र भै हाल्यो भनेपनि सिमित व्सक्तिहरूको मात्रै पहुँच हुन सक्छ र कारोवार बाट शेयरको मुल्यमा चलखेल हुन सक्छ र राज्यलाई प्राप्त हुने राजश्व नगण्य मात्रामा मात्रै संकलन हुन सक्छ तर सेयर बजारको पुँजिकरणमा उक्त कारोवारले व्यापक ह्रास ल्याउन सक्छ भन्ने अनुमान गरेका थियौं । विगत २ दिनको कारोवारले हाम्रा माथिका आशंका हरूलाई व्यवहारिक रूपमै पुष्टि गरेको छ । विगत २ दिनको कारोवारले लगानिकर्ताहरूको १६५९०९१ डिम्याट होल्डर मध्ये पहिलो दिन १६७१ जनाले भाग लिएका र जस मध्ये ८८४ जना अनलाईन मार्फत सहभागिता जनाएका र दोश्रो दिन १३५४ जना कारोवारमा संलग्न भएका मध्ये ७६९ जना अनलाईन मार्फत शेयर कारोवारमा संलग्न भएको देखियो । यसले डिम्याट होल्डर मध्ये कारोवारमा संलग्न ०.०४ प्रतिशत मात्रै हुन आउँछ र कारोवारको रकममा समेत व्यापक संकुचन आएको दृष्टान्त हेर्न सक्छौं र यसैबीच अनलाईन लिएका लगानीकर्ताहरू २७२५२ मध्ये क्रमशः ८८४ र ७६९ जनाले मात्रै सहभागिता जनाउँदा करिव ५ प्रतिशत मात्रै प्रतिनिधित्व हुन्छ जसले बजारमा अत्यन्तै न्युन सहभागिता जनाएको पुष्टि हुन्छ र बहुसंख्यक लगानिकर्ताको प्रतिनिधित्व भएको देखिंदैन ।’

‘माथिका दृष्टान्तहरूले के पुष्टि गर्दछ भने हाल संचालनमा रहेको अनलाईन प्रणालिमा व्यापक सुधार गरि सबै लगानिकर्ताहरूले उक्त प्रणालिमा सहभागी हुन सक्ने लगानि मैत्री वातावरण श्रृजना नगरी बजार संचालन गर्दा न राज्यले चाहे अनुरूप राजश्व संकलन हुन्छ न बहुसंख्यक सरोकारवालाहरूको सहभागिता हुन्छ न लक्षित वर्गले यसवाट प्रतिफल लिन सक्छन, मात्र सेयर बजारमा अन्यौल र अश्थिरता श्रृजना हुने र नियामक निकायको बजार संचालन सम्बन्धि निर्देशिकाका बुँदाहरूलाई पालना नगरी गरिएका कारोवार बाट कुनै उपलब्धि हासिल नभएको हुनाले आजै बाट शेयर बजार लकडाउन अवधिभर संचालन नहुने निर्णय भएकोमा सेवोन, नेप्से लगायत सरोकारवाला निकाय र यसमा सहयोग गर्नु हुने व्रोकर, आम लगानीकर्ता साथीहरूमा सबै संघ संगठनकोतर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं’–विज्ञप्तिमा लेखिएको छ ।

Advertisement

Advertisement

Advertisement