‘विषम परिस्थितिमा १०० जना कामदार पठाउन सकिएन, सरकारले बुझोस्’

Advertisement

काठमाडौँ । प्रगतिशील वैदेशिक रोजगारी व्यवसायी मञ्चले प्रत्येक आर्थिक वर्षमा १०० जना कामदार अनिवार्य पठाउने प्रावधानमा विचार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मलेसियाको रोजगारीलाई स्थगित गर्ने सरकारको निर्णय र कोरोनाका कारण जारी लकडाउन आदेशका कारण १०० जना कामदार पठाउन नसकिको मञ्चले जनाएको छ ।

एक आर्थिक वर्षमा १०० जना कामदार पठाउनै पर्ने र नपठाए इजाजतपत्र नबीकरण नहुने प्रावधान रहेको हुँदा अहिलेको विषम परिस्थितिलाई बुझेर कम्पनी नबीकरण र राहतको व्यवस्था मिलाउन मन्त्री समक्ष माग गरिएको छ ।

Advertisement

Advertisement

Advertisement