काठमाडौंका सात बर्षीय बालकसहित तीन जना कोरोना संक्रमित थपिए, कुल संख्या २४९

Advertisement

काठमाडौँ । दहचोक निवासी ७ वर्षीय बालक बिहीबार तीन जना कोरोन भाइइस (कोभिड) संक्रमित थपिएका छन् । आज थपिएकासहित कुल कोरोना संक्रमित संख्या २४९ पुगेको छ । बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनाका कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज थपिने बाँकी दुई जनामा जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिला छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement