मकवानपुर र बाँकेमा ९ जनामा कोरोना संक्रमण पुष्टी, कूल संक्रमित संख्या २५८

Advertisement

काठमाडौँ । आज नेपालमा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जनामा संक्रमण पुष्टी भएको हो ।

मकवानपुरका ३७ वर्षिय १ जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यता, बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो केशसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement