धुलिखेल नगरपालिकालाई 'एक्शन एड'द्वारा स्वास्थ्य सामग्री सहयोग

Advertisement

धुलिखेल । एक्शन एड नेपालले धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार एक्शन एडले स्वास्थ्य सामग्री मेयर अशोक ब्याञ्जुलाई हस्तान्तरण गरेको हो ।

एक्शन एडले छ सय थान सर्जिकल मास्क, इन्फ्रा रेड थर्मामिटर छ थान, पूरा सामग्रीसहितको पीपीई ३० सेट हस्तान्तरण गरेको छ । त्यस्तै, गाउन ३० सेट, ह्याण्ड वास ३० सेट, के एन ९५ मास्क ३० थानसहित तीन लाख बराबरको स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको एक्शन एडका महेश बडालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement