काँग्रेसले गठन गर्यो लगानी, पूर्वाधार र रोजगार परियोजना विशेष समिति, संयोजकमा विनोद चौधरी

,   २ जेष्ठ २०७७, शुक्रबार, ०२:०२ pm   
binod-chaudhary-cg-group

काठमाडौं । नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद समेत रहेका अर्बपति उद्यमी विनोद चौधरीको नेतृत्वमा बिशेष समिति गठन गरेका हुन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त समितिमा पार्टीको विभिन्न पदमा रहेर काम गरिरहेका र गरिसकेका विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरुलाई समेटिएको छ । समितिको सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी,मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ कान्छाराम, खगेश्वर बोहरा छन् ।

समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिनेछ ।

aecc

उक्त समितिमा २१ मा नबढ्ने गरी सदस्यहरु थप गरिने बताइएको छ ।