सरकारका चार प्राथमिकताः स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान

Advertisement

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सोही प्राथमिकताका साथ आगामी बजेट ल्याउने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकास आयोजनाहरुको पुनः प्राथमिकीकरण र खर्च कटौतीलाई पनि प्रमुखताका साथ अघि बढाउने पनि बताइन् ।
कोरोना भाइरस(कोभिड १९)को रोकथामलाई पनि उच्च प्राथमकिताका साथ अघि बढाउने पनि बताएको छ ।

स्वास्थ्य र शिक्षा प्रणालीमा सुधार, रोजगारी सृजना तथा औद्योगीक उत्पादनमा बढोत्तरीका साथै विकास आयोजनाहरुको सञ्चालनलाई जोड दिने पनि बताएको छ । साना किसान, असहाय, गरिब तथा विपन्न वर्गलाई आयआर्जन सम्बन्धी बिशेष कार्यक्रम ल्याउनेछ ।

Advertisement

Advertisement

Advertisement