तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने

Advertisement

काठमाडौं । सरकारले आगामी ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गराउने लक्ष्य तय गरेको छ । संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले आगामी ३ वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने बताएको हो । हालसम्म ५५१ स्थानीय तहका २७ लाख नेपालीको स्वास्थ्य बीमा गरिएको छ । अबदेखि स्वास्थ्य बीमामा आधारभूत बाहेकका स्वास्थ्य सेवा पनि थप्दै लगिने नीति सरकारले लिएको छ ।

Advertisement

Advertisement

Advertisement