किसानलाई नाफा ग्यारेन्टी, बिक्रि नभए सरकारले किनिदिने

Advertisement

काठमाडौं । सरकारले किसानलाई नाफा ग्यारेन्टी गर्ने घोषणा गरेको छ । बाली लगाउनु अघि नै सरकारले समर्थन मूल्य तोकिदिने र निजी क्षेत्रले खरिद नगरे सरकारले नै खरिद गरिदिने घोषणा गरेको हो ।

संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा प्रमुख खाद्यान्न बालीहरुको समर्थन मूल्य तोकेर किसानलाई नाफा ग्यारेन्टी गरिदिने घोषणा गरिएको हो । सरकारले कृषि उत्पादनको मूल्य श्रृंखलामा प्रविधिको भरपुर उपयोग गर्ने नीति पनि अख्तियार गरेको छ ।

Advertisement

Advertisement

Advertisement