बालबालिकाको 'रियालिटि शो'- 'सुनौलो तारा'को 'ग्राण्ड फाइनल' आज राति डिशहोममा

Advertisement

ललितपुर । न्यून आयस्तरका बालबालिकाहरुको प्रतिभा उजागर गर्न भन्दै डिशहोमले सुरु गरेको फरक किसिमको टेलिभिजन रियालिटि शो सुनौलो ताराको शुक्रबार ग्राण्ड फाइनल डिशहोमको च्यानल नं. १०२ मा राति ८ः३० बजे प्रसारण हुँदैछ ।

डिशहोमका अनुसार नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा अध्ययन गर्ने चारसयभन्दा बढी बालबालिकाहरुको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्न सुरु गरिएको सुनौलो ताराको आज अन्तिम नजिता सार्वजनिक गर्न लागेको हो ।

यो रियालिटी शो सम्पूर्ण प्याकेजका ग्राहकले अवलोकन गर्नसक्ने डिशहोमले बताएको छ । सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सहप्रायोजन गरेको छ ।

यस कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने सहभागीलाई क्रमशः नगद रु पाँच लाख, तीन लाख र एक लाख डिशहोमले प्रदान गर्नेछ । साथमा अरु आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement