लोथरसम्म पेट्रोलियम पाइपलाइन, चितवन झापा र सर्लाहीमा भण्डारण गृह र झापा र धनुषामा ग्यास प्लान्ट

Advertisement

काठमाडौं । सरकारले बाराको अमलेखगञ्जबाट चीतवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने घोषणा गरेको हो । हाल भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्ममा पेट्रोलियम पाइपलाइन निर्माण गरि सञ्चालनमा ल्याईसकिएको छ ।

भारतको सिलिगुढी देखि झापाको चारआलीसम्म पाइपलाइनको अध्ययन गरि निर्माण प्रक्रिया अघि बढाउने पनि बताएको छ । त्यस्तै, चितवन, झापा र सर्लाहीमा इन्धन भण्डारण गृह निर्माण थाल्ने पनि बताएको छ । त्यस्तै, झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माणको काम पनि अघि बढाइनेछ ।

Advertisement

Advertisement

Advertisement