रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग निर्माण थाल्ने

Advertisement

काठमाठडौं । सरकारले आगामी आर्थिक वर्षदेखि चीन र भारत जोड्ने रेलमार्ग निर्माण थाल्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आर्थिक वर्षदेखि रसुवागढी–काठमाडौं विद्युतिय रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक निर्माण थाल्ने बताएको हो । हाल यी दुबै रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भैसकेको छ ।

Advertisement

Advertisement

Advertisement