फास्ट ट्रयाक ३ वर्षभित्र सम्पन्न गर्ने

,   २ जेष्ठ २०७७, शुक्रबार, ०६:२२ pm   
fast_track

काठमाडौं । सरकारले आगामी ३ वर्षभित्र काठमाडौं तराई द्रुत मार्ग(फास्ट ट्रयाक)को निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार आगामी ३ वर्षभित्र फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने घोषणा गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षभित्रै फास्ट ट्रयाकका जटिल पुल तथा सुरुङहरुको निर्माण आगामी वर्षदेखि आरम्भ गर्ने पनि बताएको छ । हाल फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।

aecc