पैदलयात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक, लकडाउनअघि अर्को जिल्ला गएकाहरु घर फर्किन पाएनन्

,   २ जेष्ठ २०७७, शुक्रबार, ०६:२८ pm   
traveller_lockdown_highway

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्ने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदल यात्रुलाई समेत प्रवेशमा रोक लगाएको छ । तोकिएका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

लकडाउनअघि अघि नै एक जिल्लाबाट अर्कोमा काम विशेषले गएकाहरु दुई महिनादेखि फर्किन फर्किन नसक्दा उनीहरुको परिवारले निकै सास्ती भोगिरहेका छन् । प्रशासनले भने कोरोना रोक्न भन्दै लकडाउनलाई थप कडा बनाउँदै लगेको छ ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिना पासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

aecc

काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो । सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्री बोेकेका सवारी साधन, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने, सबै प्रकारका खाद्यवस्तु ढुवानी गर्ने, पशुपन्छीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, फलफूल तथा तरकारी र निर्माण सामग्री बोकेका सवारी साधनलाई सवारी पास बिना चल्न दिने प्रशासनले बताएको छ । निर्माण सामग्री बोकेका हेभी सवारी साधन भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै सञ्‍चालन गर्न पाइनेछ ।