यसअघिको नीति तथा कार्यक्रममा 'मेरो सरकार', अहिले 'यो सरकार'

Advertisement

काठमाडौं । यसअघिको नीति तथा कार्यक्रममा 'मेरो सरकार' भनेर आलोचना खेपेकी राष्ट्रपति विद्या भण्डारीले यस पटकको कार्यक्रममा भने सच्याएकी छन् । उनले यस पटक नेपाल सरकार नभनी 'यो सरकार' भनेकी छन् ।

गणतन्त्रअघि राजाले मेरो सरकार भन्ने गर्ने । त्यो बेला श्री ५ सरकारको सरकार भन्ने चलन थियो । राष्ट्रपतिले पढ्ने नीति तथा कार्यक्रम सरकारले तयार पार्ने हो । यसअघिका नीति तथा कार्यक्रममा सैनिक बग्गीमा आउने गरी राष्ट्रपति भण्डारी यस पटक भने गाडिमै आएकी थिइन् ।

Advertisement

Advertisement

Advertisement