'अर्काे वर्षदेखि समुन्द्रमा नेपाली ध्वजाबहाक पानी जहाज'

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि समुन्द्रमा नेपाली ध्वजावहक पानी जहाज सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले अर्काे वर्षदेखि भारतीय आन्तरिक जलमार्ग हुँदै समुन्द्रसम्म नेपाली ध्वजा वाहक पानी जहाज सञ्चालनको व्यवस्था मिलाउने घोषणा गरेको हो ।

त्यस्तै, सरकारले कोशी, गण्डकी र कर्णाली नदिमा जलमार्गको विकास गरि भारतीय जलमार्गसम्म जोड्ने पनि बताएको छ । सरकारले आगामी ३ वर्षभित्र यी तीन नदिबाट भारतीय जलमार्गसम्म जोड्ने बताएको हो । आगामी ३ वर्षभित्र गण्डकी नदिमा भने भारतीय जलमार्गसँग जोडेर जलयातायात सञ्चालन गरिसक्ने पनि बताएको छ ।

Advertisement

Advertisement

Advertisement