मिसाइल तेर्स्याएर बसेको भारतसँग खुकुरी उद्याएर हुन्न, सक्छौ भने तर्क उद्याउः सँग्रौला

Advertisement

काठमाडौं । विश्लेषक प्राडा युवराज संग्रौलाले मिसाइल बोकेर बसेको भारतसँग खुकुरी देखाएर अतिक्रमित भूमि फिर्ता नहुने भन्दै तर्क उद्याउनुपर्ने बताएका छन् । एक सार्वजनिक कार्यक्रममा केही अघि बोल्दै उनले कालापानी, लिपुलेक क्षेत्र अतिक्रमण हुनुमा भारतलाई दोष दिनुको अर्थ छैन भन्दै आफ्नो भूमिको संरक्षण गर्न नसक्नु हाम्रो कमजोरी हो भने । संग्रौला भन्छन्, ‘सक्छौ भने तर्क उद्याउन, खुकुरी उद्याएर केही हुनेवाला छैन् ।

Advertisement

हामीले प्रमाण पेश गरेपछि भारतले नेपाली भूमि बाध्य भएर छोड्नुपर्छ भन्दै धर नेपाली भूमि दावी गर्ने महत्वपूर्ण प्रमाणहरु नै परराष्ट्र मन्त्रालयदेखि अन्य सम्वन्धित् सरकारी निकाय र पदाधिकारीले बेचेर सिध्याइसकेको बताए । यद्यपि यस्ता प्रमाणहरु जुटाउन सकिने र कुटनीति तरिकाबाट जमिन फिर्ता नभएर कानुनी उपायमा जानुपर्ने बताए । नेपाली भूमिमा भारतीय सेना आएर बस्नु सीमा अतिक्रमणको विषय मात्रै नभएर नेपालको सार्वभौमत्तामाथिको अतिक्रमण भएकोले सोही अनुरुप अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने सँग्रौलाको तर्क छ ।
उनले नेपालको परराष्ट्र मन्त्रालयदेखि प्रशासन संयन्त्रलाई नै पुर्नसंरचना गर्नुपर्ने बताए । संग्रौला भन्छन्, तपाईं हामी हाम्रो देशको नक्सा बेच्छौं, प्रमाण बेच्छौं, पहिला सरकारले प्रशासनलाई करेक्ट गरोस न । के हामी भारतको कुरा गछौं ? जबसम्म देशको प्रशासन जनता लुटेर बस्छ, कर्मचारीका छोराछोरी पीआर र ड्राइभर्सिटी भिसा लिएर बाहिर बसेका छन्, आफू बुढेसकालमा बाहिर बस्दा हेप्छन् भनेर सत्तामा कर्मचारी भएर बसेको छ, तिनीहरु कसैलाई पनि देशको माया छैन् । तपाईं हामी कहिले राजदूतले छोराछोरी बाहिर पठाइदेला भनेर बसेका छौं । सबैभन्दा आशालाग्दा भनिएका ठूला पत्रकार ९ बजे दूतावासमा भात खान पुग्छन् । हामीले के आशा गर्ने ?
साथै, संग्रौलाले कालापानी क्षेत्रमा सुरक्षाकर्मी पठाउन नसके पनि नागरिक प्रशासन छ भन्नलाई कम्तिमा पनि खरदारलाई भए पनि पठाउनुपर्ने थियो भन्दै त्यो नहुँदा त्यहाँका नागरिकलाई भारतले राशन कार्ड दिएर भारतीय बनाउन सहजै प्रयास गर्ने बताए ।प्रधानमन्त्रीदेखि मुलुकको संसद नेपाली भूमिमा भारतीय अतिक्रमणनबारे बोलाएर किन कुरा गर्दैनन् ? भन्दै उनले भारतसँग वार्ता गर्ने हो भने सरकारका मन्त्री वा प्रधानमन्त्रीले नभई विज्ञले गर्नुपर्ने र प्रमाणहरु जुटाएर बस्नुपर्ने बताए । किन नेपालका नेताहरु हामीलाई बोलाएर कुरा गर्दैनन ? सँग्रौलाले प्रश्न गरे ।उनले जुन देशका नागरिक देशप्रति इमान्दार हुँदैनन, त्यो देश बाँच्दैन् । उनले थपे, तपाईंहरु लर्को लागेर डिभी भर्नेका बाबुआमा हौं । तपाईं हामी देशमा खेती गर्न छोडेर बाहिरबाट ल्याएका च्याँग्रा खाने मान्छे हौं । यदि तपाईं हामीलाई नेपाल चाहिँदैन भने नबोलौं ।सँग्रौलाले नेपाल ३०–३५ सय बर्ष पूरानो रहेको र हाम्रा पीता पुर्खाको खरानी र माटो यो देशमा छ भन्दै थपे – ३५ सय बर्षदेखि पुर्खा गाडिएको देश छोडेर हिँड्न त हामीलाई लाज लाग्दैन भने त्यो अमेरिका र अष्ट्रेलियाले पनि के बुझेको होलान भने ३५ सय बर्ष पूरानो आफ्नो देश धोका दिने यी हरामीहरु कुनै पनि बेला मलाई धोका दिन्छन् भन्ने त्यसलाई थाहा छैन होला ?देश जोगाउन यतिबेला सरकारलाई बल र दबाब दिनुपर्छ भन्दै त्यति गर्दा पनि अघि बढ्दैन भने त्यो पार्टीमा बसिरहनुपर्छ भन्ने छैन भन्दै हामीलाई भारतसँग होइन् यहीं भित्रको प्रशासनसँग डर हो भने । नेपाल भित्रबाटै असुरक्षित रहेको भन्दै अब हरेकले आफ्नो माटोलाई माया गर्ने बेला आएको बताए ।थप कुराहरु भिडियोमाः

Advertisement

Advertisement