जगदुल्लाको डीपीआर अन्तिम चरणमा, मुआब्जा वितरणलाई ‘लकडाउन’ले रोक्यो

Advertisement

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजनाको ९विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन नपुगेका र ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरण गर्ने उद्देश्यअनुसार जगदुल्ला जलविद्युत् आयोजनाको छ वर्षभित्र निर्माण गर्ने उद्देश्य लिइएको छ ।

आयोजना निर्माणका लागि फागुन २८ गतेबाट मुआब्जा वितरणकार्य शुरु भएको छ । अब दोस्रो चरणको मुआब्जा वितरणको कामसमेत छिट्टै शुरु गरने आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पामा मुआब्जा वितरण सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए ।

पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाएका छन् भने दोस्रो चरणमा अर्थात् चैत १४ गते काइगाउँमा वितरण गर्ने भनिएकामा ‘लकडाउन’का कारण रोकिएको छ । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरणकार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।

प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको डीपीआरको काम पूरा भए पनि लकडाउनका कारण सार्वजानिक गर्न नपाएको आउने प्रमुख सापकोटाले जानकारी दिए । २० महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको थियो । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रुपमा निर्माणकार्य थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । रासस

Advertisement

Advertisement

Advertisement