एउटा बीमा कम्पनीले पाँच वटा पास पाउने, बीमा समितिले बोलायो

,   ४ जेष्ठ २०७७, आईतवार, ०१:४६ pm   

काठमाडौं । हरेक बीमा कम्पनीले पाँच/पाँच वटा पास पाउने भएका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई पाँच पाँच वटा पास दिएर सेवा सञ्चालनको व्यवस्था मिलाउन लागेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले पास लिनका लागि कम्पनीहरुलाई पत्राचार समेत गरिसकेको छ ।

अब बीमा कम्पनीहरुले निलो रंगको पास पाउनेछन्, यसअघि पहेँलो पास दिइँदै आएको थियो  । एउटा कम्पनीले पाँच वटा पास पाउँछन्, त्यसकै आधारमा कार्यालय खोलेर सेवा दिन्छन्, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले कर्पाेरेट नेपालसँग भने ।

aecc