'नीति तथा कार्यक्रममा एमसीसी घुसाईयो तर राहत प्याकेज ल्याइएन'

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पस्र्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारको नीति तथा कार्यक्रम स्वस्थानी कथा वाचन गरे जस्तै भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँगको भिडियो कन्फेरेन्समा उनले भने–‘ नीति तथा कार्यक्रम स्वस्थानी जस्तो भयो, नुन नहालेको तरकारी जस्तै भयो, नयाँ कुरा भनेको गतसाल मेरो सरकार भन्ने थियो यसपाली यस सरकार भनिएको छ’, पुर्व गभर्नर क्षेत्रीले भने ।

उनले घुमाउरो ढंगले एमसीसीलाई समेटिएको पनि बताए । ‘लप्सीफेदी–रातमाटे–हेटौडाँ र लप्सीफेदी–रातोमाटे–दमौली प्रशारणलाई अघि सारिएको छ, यो घुमाउरो शैलीमा एमसीसीलाई वैधानिकता दिन खोजिएको देखिन्छ ।’, क्षेत्रीले भने ।

सरकारले कोरोना रोकथामका लागि सरकारले ठोस पहल गर्न नसकेको पनि बताए । ‘कोरोनाको अध्ययन गरिरहेका छौं भनिएको छ तर प्रतिवेदन आएको छैन, उद्योगी व्यवसायी र गरिब तथा विपन्नहरुलाइ राहत प्याकेज खोई ?’, क्षेत्रीले प्रश्न गरे ।

सरकारी खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने योजना पनि सरकारले नल्याएको पनि बताए । ‘सरकारी खर्च पुनरावलोकन आयोगको प्रतिवेदनले नै ४० देखि ५० अर्ब श्रोत व्यवस्थापन हुन्छ भनेको थियो, त्यसको कार्यान्वयन खोई ? सरकारले अनावश्यक खर्च कटौती तर्फ योजना बनाएन् ।’, क्षेत्रीले भने ।

बजेटले पहिलो प्राथमिकतामा कोरोनाबाट मुक्ति हुने योजनालाई बनाउनुपर्ने पनि उनले बताए । त्यस बाहेक उत्पादनसँग जोडिएका पूर्वाधार र औद्योगीक क्षेत्रलाई दोश्रो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । निजी
क्षेत्रीले श्रोत जुटाउन ठूलो चुनौती रहेकाले खर्च कटौती गर्नुपर्ने बताए ।

प्रधानमन्त्री, संसद सचिवालय, गृह मन्त्रालयमा काम गर्ने कर्मचारीहरुलाई बिशेष भत्ता दिने चलन रहेको र यसपाली त्यसलाई तोड्नुपर्नेमा जोड दिए । उनले संसद विकास कोष(स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम)ले संघीयतालाई कमजोर बनाएको र भ्रष्टाचारलाई बढावा दिएकाले पनि खारेज गरिनुपर्नेमा जोड बिशेष जोड दिए ।

Advertisement

Advertisement

Advertisement