लिपुलेक, कालापानी, लिम्पियाधुरा सम्बन्धी भारतीय सेनापतिको भनाईको तत्काल खण्डन गर्न निर्देशन

Advertisement

काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्बन्धी भारतीय सेनापतिको भनाईको तत्काल खण्डन गर्न निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले भारतीय सेनाध्यक्षको भनाईको कुटनीतिक माध्यमबाट तत्काल खण्डन गर्न भनेको हो । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले अरु कसैको उक्साहटमा नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्धा उठाएको आरोप लगाएका थिए ।

Advertisement

Advertisement

Advertisement