कोरोना उपचार कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रु. २५ लाख योगदान

,   ४ जेष्ठ २०७७, आईतवार, ०५:१५ pm   

काठमाडौँ । नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आज नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.२५ लाख सहयोग गरेको छ ।

उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट उप–सचिव विष्णुप्रसाद घिमिरे र बैंक व्यवस्थापनको तर्फबाट सुवर्णकुमार सिंह समेतको उपस्थिति रहेको थियो ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्य सहित स्थापना भएको बैैंकको हाल अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ ।

aecc

बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी रु.२० अर्व पुग्नेछ । बैंकले आव २०७६/७७ को तेस्रो त्रयमासमा रु.५९ करोड ६४ लाख २८ हजार खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।