फेरी थपिए ३ जना कोरोना संक्रमित, संख्या पुग्यो २९५

Advertisement

काठमाडौं । तीन जना कोरोना संक्रमित पुनः थपिएका छन् । आइतबार साँझ धनकुटा र मोरंगमा ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार धनकुटामा एक जना र मोरंगका २ जनालाई कोरोना संक्रमित पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २९५ जना पुगेको छ । आइतबार मात्रै १३ जनामा कोरोना संक्रमित थपिएका हुन् । बिहान मात्रै रौतहटमा १० जना संक्रमित थपिएका थिए । नेपालमा कोरोनाका कारण हालसम्म २ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

Advertisement

Advertisement