नेपालको ‘लकडाउन’ पनि भारतसँगको विनिमय दर जस्तो भयो, उसले नहटाएसम्म नहटाउने

Advertisement

काठमाडौं । बैंकर मनोज ज्ञवालीले नेपालको लकडाउन पनि भारसँगको विनिमय दर जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । सरकारले १५ दिन फेरि लकडाउन थपेपछि उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दिमाग नै लगाउनुपरेन, भारतमा लकडाउन खुल्नुपूर्व नेपालमा नखुल्ने ।’

ज्ञवालीले अरु विकल्प नभएजस्तो गरी भारतले लकडाउन थपेपछि नेपालमा लकडाउन थप्ने गरिएको भन्दै लकडाउन नै एक मात्रै समस्याको समाधान नभएको बताएका छन् ।

त्यस्तै उनले अहिले राहत चाहिने हो भने कर बढाउनुपर्छ भन्ने अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् । खतिवडाको भनाई उदृत गर्दै ज्ञवालीले भने, ‘सरकारले अहिले ‘राहत दिन कर बढाउनुपर्छ’, ‘पैसा छापेर कर दिने ?’ भन्ने कुरा गर्नु भनेको जिम्मेवारीबोध, संवेदनशीलता तथा भविश्यको जोहो गर्ने दूरदर्शी सोचसम्म नहुनु हो ।’

कोरोना महामारीले संसारभर नै धेरै ठूला परिवर्तन आउने, सामाजिक, राजनीतिक, व्यवसायिक तथा शक्तिकेन्द्रहरुमा ठूलो उथलपुथल हुनेछ भन्दै ज्ञवालीले व्यवसायी र व्यवसायका प्राथमिकता पनि परिवर्तन हुने बताएका छन् । सबैजसो क्षेत्रमा पुर्नसंरचना हुने उनको विश्लेषण छ ।

बैंकर ज्ञवाली भन्छन्, ‘यसमा जीत उसैको हुनेछ जसले यो कुरालाई आत्मसाथ गरेर तथ्य र तथ्यांकसहितको अनुमानहरु लिएर योजना बनाउन सक्यो ।’ उनले देश संघीय संरचना, सरकारी कर्मचारीतन्क्र बजेट उपयोगका क्षेत्रहरुमा बहस जरुरी छ भन्दै अब देशको माटो, जनशक्ति र स्रोतलाई उच्चतम प्रतिफलको लागि प्रयोग गर्न अध्ययन, अनुसन्धान र छलफल सुरु गरौं भनेका छन् ।

‘हरेक दिन होइन्, हरेक पल गाह्रो हुँदैछ’, ज्ञवाली भन्छन– ‘कोरोनाबाट बचेका नागरिकहरु भोलि भोकमरी र सामाजिक बिचलनले मर्नुनपरोस् । अझै समय छ । सोच बदलौं । नारा, भाषण र कुराले देश संवृद्ध हुँदैन् । कुरा काटेर अनि अरुलाई दोष देखाउँदै आफू जिम्मेवारीबाट पन्छिएर पनि देश बन्दैन् ।’

ज्ञवालीका अनुसार अध्ययन, रणनीति, कार्ययोजना र दृढ इच्छाशक्तिबाट मात्रै सफलता प्राप्त हुन्छ । विवेक बन्धक राखेर पद र प्रतिष्ठाका लागि सरकारलाई गलत सुचना दिने र भ्रममा राख्ने काम नगरौं । पैसा र पद नै जीवन होइन् । उनले अख्तियार प्राप्त व्यक्ति बढि जिम्मेवार हुनुपर्ने भन्दै भविश्यका सन्ततीले हामीलाई कसरी चिन्ने ? यो पहिचान बनाउने बेला भएको बताएका छन् । सबैले कमाएको पैसा र पद अस्थायी हो तर पहिचान स्थायी हो भन्दै ज्ञवालीले हरेक नागरिक जागरुप र जिम्मेवार हुनुपर्ने बेला आएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement