कोरोना नियन्त्रण नभएपछि छ हजार ७४३ वडामा क्वारेन्टाइन बनाउने सरकारको निर्णय

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विस्तारित हुने संकेत देखिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि सात सय ६५ वटा स्थानीय तहका ६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले संक्रमितको संख्या बढ्न सक्ने तथा विदेशबाट समेत नेपालीलाई ल्याउनका लागि आवश्यक गृहकार्य भइरहेको कारण देखाउँदै त्यसअनुसार सबै वडामा क्वारेन्टाइन निर्माणको तयारी गर्न उच्चस्तरीय समन्वय समिति र सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले त्यसअनुसार तत्काल स्थानीय तहहरूलाई परिपत्र पठाउनसमेत निर्देशन गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकले १५ दिन लकडाउन थप्दै २० जेठसम्म विस्तार गरेको छ । गत २४ वैशाखमा ५ जेठसम्म लकडाउन विस्तार गर्ने निर्णय गरिएको थियो । अहिलेसम्म स्थानीय तहहरूले १० हजारसम्मलाई आइसोलेसनमा राख्न सक्ने गरी क्वारेन्टाइन बनाएका छन् । तर, विदेशबाट नेपाली फर्काउन थालिएको अवस्थामा २० गुणासम्म क्षमता विस्तार गर्नुपर्ने सरकारको निष्कर्ष छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement