तीन जना मंगोलियन बोकेर बुद्ध एयर दिल्ली उड्यो

Advertisement

काठमाडौं । तीन जना मंगोलियन नागरिकलाई लिएर बुद्ध एयर नयाँ दिल्ली उडेको छ । मंगोलियन दूतावासको अनुरोधमा सोमबार दिल्लीको चार्टर्ड उडान गरिएको कम्पनीले जनाएको छ ।

कोभिड विरुद्ध सुरक्षा निर्देशिका' अनुसार उडान सञ्चालन गरिएको जानकारी दिँदै बुद्ध एयरले दिल्ली पुगेपछि मंगोलियनहरु अर्को उडानमार्फत आफ्नो मुलुक जाने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement