सेलपे सेवाबाट कोरोना भाईरसविरुद्ध बीमा गर्न सकिने

,   ५ जेष्ठ २०७७, सोमबार, ०१:४६ pm   

काठमाडौँ । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस (कोविड १९) विरुद्धको बीमा सुबिधा सेलपे मोबाईल वावेब एप्लीकेशन मार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने भएका छन् ।

हाल विश्वभरी कोरोनाभाईरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्ससंगको सहकार्यमा कोरोना भाईरसविरुद्ध बीमालेख खरीद गर्न सकिने जनाइएको छ । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्ने छन् ।

सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड–१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरी रकम भुक्तानी गर्न सक्ने छन् । अन्तर्गतबीमा शुल्क भुक्तानी गरेको १५ दिन सम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिने छ ।

aecc

बीमाको समय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानी भएको १२ महिनासम्म कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिने छ ।