सरितालाई लिङ्देनको जवाफ- नक्सा जारी गर्दा छिमेकीलाई सोध्नुपर्छ भन्नु पराधिन मानसिकता हो

Advertisement

काठमाडौं । राप्रपा नेता राजेन्द्र लिङ्देनले स्वतन्त्र राष्ट्रले आफ्नो नक्सा जारी गर्न कुनै छिमेकी मुलुकलाई सोधिरहनु जरुरी नरहेको बताएका छन् । आइतबार जनता समाजवादीकी साँसद सरिता गिरिले चीन र भारतलाई नसोधी नेपालले नक्सा जारी गर्न लागेको भन्दै विरोध जनाएपछि जवाफमा लिङ्देनले सोमबार उक्त प्रतिक्रिया दिएका हुन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकारले अतिक्रमित भूमिहरु फिर्ता लिने र छुटेका भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममा समेटिनु स्वागतयोग्य भन्दै यस विषयमा कुनै छिमेकीलाई सोधेर आफ्नो देशको स्वाधिनता रक्षा नहुने बताए ।

लिङ्देनले स्वतन्त्र र स्वाधिन राष्ट्रले आफ्नो नयाँ नक्सा जारी गर्ने विषयमा पनि छिमेकीलाई सोध्नुपर्छ भन्नु पराधिन मानसिकताको उपज हो भन्दै नेपालले आफ्नो कुनै पनि भूभाग छोड्न नहुने बताए ।
गिरीले विदेश नीतिको अवमूल्यन गर्दै नयाँ नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममै समेटेको भन्दै आपत्ति जनाएकी थिइन् ।

साथै, लिङ्देनले पछिल्लो समय कोरोनाका कारण दुईजनाको मृत्यु भइसकेको अवस्थामा सरकारको भूमिका र तयारी कमजोर हुँदै गएको बताए । उनले भने, “कोरोनाबाटै दुई जनाको ज्यान गएको छ । तर ज्यान गएपछि मात्र स्वास्थ्य परीक्षण हुनु, कोरोना भएको पष्टि हुनु र कोरोनाकै कारण मृत्यु ठहर गर्नु दुःखद हो ।’

उनले पीसीआर दायर बढाउन उपचार विधि व्यापक बनाउन आग्रह पनि गरे । साथै, लिङ्देनले कोरोना प्रभावित देशहरुमा रहेका नेपालीहरुको उद्दारमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्र्द आलोचना गरे । देशबाहिर ठूलो संख्यामा नेपालीहरु उद्दारका लागि याचना गरिहरेको सुनाउँदै उनले भने, ‘विदेशबाट आउने वित्तिकै कोरोना सर्छ भन्ने मानसिकताबाट माथि उठोस् सरकार ।’

नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्धको प्रतिवद्धता कमजोर रहेको भन्दै लिङ्देनले ४६ साल यताका उच्च पदस्थको सम्पत्त्ति छानविन गर्ने विषय समेट्न पनि आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement