महालक्ष्मी विकास बैंकले ८ सय भन्दा बढी कर्मचारीको गरायो कोरोना बीमा

,   ५ जेष्ठ २०७७, सोमबार, ०५:०३ pm   
mahalaxmi-bikash-bank

काठमाडौँ । महालक्ष्मी विकास बैंकले प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दैसम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको छ । बैंकले कोभिड- १९ बाट भविष्यमा आई पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड १९ बीमा गरेको हो ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

aecc