पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुगेर खुम्चिएको नेपालको नयाँ नक्सा अब यस्तो हुनेछ

Advertisement

काठमाडौं । कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको नेपालले सुगौली सन्धीअनुसार नेपालभित्र परेको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेको छ । नयाँ नक्सामा दार्चुलाको पश्चिम भागमा केही चुच्चो परेको भुभाग देख्न सकिन्छ ।

लामो समयदेखि भारतले अतिक्रमण गदै आफ्नो सेना तैनाथ गरेको उक्त क्षेत्र फिर्ता गर्न माग गर्दै दबाब बढेपछि सरकारले बाध्य भएर नयाँ नक्सा सार्वजनिक गरेको हो । नयाँ नक्सालाई मन्त्रिपषिद्ले पास गरेसँगै संविधानसमेत संशोधन गर्नुपर्ने भएको छ । नेपाल र भारतबीच ९८ प्रतिशत सीमा समस्या समाधान भएको बताइए पनि कालापानी क्षेत्रमा ठूलो भूभागमा विवाद कायमै छ ।

भारतले लिपुलेक हुँदै चीनसँग जोडिने ८० किलोमिटर लिंकरोड खोलेपछि यो विषय चर्किएर गएको थियो । प्रतिपक्षी दलहरुसमेत अतिक्रमित भूभाग फिर्ता गराउनुपर्छ भन्ने पक्षमा उभिएपछि सरकारले नयाँ नक्सा जारी गरेको हो । यसअघि भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्रलाई पनि भागेको थियो ।

Advertisement

Advertisement

Advertisement