आज ११ जना कोरोना संक्रमित थपिए, झापाका ९ र सुनसरीका २ जना

Advertisement

काठमाडौँ । नेपालमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । यी कोरोना संक्रमितसहित नेपालमा कूल संख्या ३ सय ८६ पुगेको छ ।

कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण झापाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । त्यहाँका एक युवकमा सोमबार पनि कोरोना पुष्टि भएको थियो । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

Advertisement

Advertisement

Advertisement