शेयर बजार जेठ २० गतेसम्म बन्द, ‘लकडाउन अवधिभर कारोबार हुन्न’: नेप्से

Advertisement

काठमाडौँ । सरकारले पुनः आजदेखि जेठ २० गतेसम्म लकडाउन अवधि लम्ब्याउने निर्णय गरेसँग धितोपत्र कारोबार पनि जेठ २० गतेसम्म बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) सञ्चालक समितिबाट धितोपत्र सूचीकरण तथा कारोबात्रर नियमावली, २०७५ को नियम २१ को उपनियम १ अनुसार(काबु बाहिरको परिस्थितिमा) उक्त लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय भएको उपप्रबन्धक प्रबिन पन्दाकले विज्ञप्ति मार्फत जनाएका छन् ।

लकडाउन खुकुलो पारिएसँगै सरकारले धितोपत्र कारोबार सञ्चालन गर्न अनुमति दिएपछि नेपाल धितोपत्र बोर्डमा बसेको बैठकको निर्णय अनुसार गत मंगलबार र बुधबार शेयर बजार खुलेपनि दुबै दिन नेगेटिभ सर्किट लागेपछि पुनः लकडाउन अवधिभर बजार बन्द गर्ने निर्णय गरिएको थियो ।

कोरोना भाइरसको प्रकोप नियन्त्रण तथा रोकथाम गर्न सरकारले चैत ११ गतेदेखि लकडाउन आदेश जारी गरेसँगै शेयर बजारपनि बन्दै हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement