गोर्खा इको प्यानलको प्रयोगबाट एक महिनामै ५० बेडको कोरोना अस्पताल तयार

Advertisement

काठमाडौं । गोर्खा इको प्यानलको प्रयोगबाट धनगढीमा एक महिनामै कोरोना अस्पताल तयार भएको छ । कारखानामा पहिला नै तयार पारेर बनाइएको प्रिफ्याब प्यानल (भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) इको प्यानलको प्रयोगबाट एक महिनामै कोरोना अस्पताल तयार हुन सम्भब भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले ५० बेडको अस्पताल तयार पारेको हो । धनगढी उपमहानगरपालिका–१ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको जिल्ला समन्वय समिति कैलालीको जमीनमा अस्पताल निर्माण गरिएको हो । अस्पतालमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन बेड निर्माण भएका छन् ।

गोर्खा इको प्यानलका नायब महाप्रबन्धक सुरेश कवाँंले कारखानामै पहिला नै तयार पारिएको हुने हुनाले गोर्खा इको प्यानलबाट एक महिनामै अस्पताल भबनको निर्माण सम्भब भएको सुनाए । गोर्खा इको प्यानलको धेरै मुख्य विशेषताहरुमध्ये तीव्र निर्माण सम्भब हुनु एउटा मुख्य विशेषता रहेको उनी सुनाउँंछन् । कोरोना महामारीको यो विषम परिस्थितिमा अस्पताल लगायतको तीव्र निर्माणका लागि यो प्यानल उपयोगीसिद्ध भएको उनको बुझाई छ । इको प्यानलको कार्यालय अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै रहेको छ । गोर्खा इको प्यानल इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालि अन्तर्गत सञ्चालित निर्माण सामाग्री उत्पादन कम्पनी हो ।

नयाँ निर्माण भएको ५० बेडको अस्पताल भवन यही प्रि–फ्याव प्रविधिमा निर्माण गरिएको हो । ५० बेड क्षमताको भवन निर्माण भएसँगै अब त्यसमा आवश्यक सामग्री राखेर कोरोना संक्रमितहरुको उपचार सुरु गरिने सुदूरपश्चिम सामाजिक मन्त्रालयले जनाएको छ । कोरोना विशेष अस्पताल तोकिएको सेती अस्पताल मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको प्रि–फ्याव भवनको निर्माण गरेको हो ।
सेती अस्पतालमै कोरोनाका बिरामी राखेर उपचार हुँदा अन्य सेवा प्रभावित भएको थियो । छुट्टै कोरोना अस्पताल बनेपछि उपचारमा धेरै सहज हुने चिकित्सकहरुले बताएका छन् । उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण जडान हुने वित्तिकै सेवा सुरु गरिने जनाइएको छ । प्रदेशका मुख्य अस्पताल सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी सो भवनबाट कोरोनाका बिरामीको उपचार हुने छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चनपुरमा ५०।५० बेडको छुट्टै कोरोना अस्पताल निर्माणका लागि एकएक करोड अख्तियारी दिएको थियो । कैलालीमा निर्माण सम्पन्न भए पनि कञ्चनपुरमा भने निर्माणकै क्रममा रहेको जनाइएको छ । कोरोना संक्रमितका लागि अलग्गै अस्पताल आवश्यक परे अनुसार अस्पताल निर्माण भएको जनाइएको छ । अहिले प्रदेशको एक मात्र रिफरल प्रादेशिक अस्पताल सेतीमा कोरोनाका बिरामीहरुको उपचार भइरहेको जनाइएको छ । पछिल्लो समयमा संकास्पद कोरोनाका बिरामीहरुको उपचार सेतीमा भइरहेको हो । सुदूरपश्चिममा पछिल्ला दिनहरुमा भारतबाट आउनेहरुको क्रम बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम भने उच्च रहेको छ ।

Advertisement

Advertisement

Advertisement